पतिलाई कसरी घरको काम लाउने ? महिलालाई टिप्स, पुरुषले नपढ्दै राम्रो

0

 


समाज र समय फेरियो भन्छौँ तर पनि हाम्रो समाज अझै उस्तै छ । कतिपय महिलालाई अहिले पनि भ्याइनभ्याइ छ पतिका लागि खाना तयार गरिदिनु, लुगा मिलाइदिनु, छोराछोरीलाई ख्वाउनु, स्कुल पठाउनु, सासु ससुराको हेरचाह गरिदिनु । एउटा गृहणीका लागि निकै झन्झटिलो र बोझिलो हुन्छ, परिवार । यस्तो पनि हुन्छ, पति पत्नी दुबै कार्यलय जान्छन् । उत्तिनै कमाउँछन् । तर, घरधन्दाको काम पत्नीले मात्र गर्नुपर्ने हुन्छ । अहिलेको बद्लिदो जीवनशैलीमा यस किसिमको प्रवृतिले दाम्पत्य जीवनलाई धराममा पार्न सक्छ । पति पत्नीले घरासयी काममा समेत साझेदार गर्नु उचित हुन्छ । यसका लागि पत्नीले यस्तो भूमिका निर्वाह गर्न सक्छिन्, जसले पतिलाई घरायसी काममा प्रेरित गर्न सकोस् ।

पति मात्र होइन, छोराछोरीलाई पनि घरको सानोतिनो काममा सहयोग गर्ने बानी बसाउनु पर्छ । यसले पारिवारिक जीवन सहज र सुखमय हुन्छ । कसरी बनाउने त पतिलाई आफ्नो सहयोगी ? यहाँ हामीले यो बारेमा केहि यस्ता जानकारीहरु लिएर आएका छौँ, जसले गर्दा हरेक पत्नीले आफ्नो पतिलाई गजब तरिकाले काम लगाउन सक्छन् र रमाइलो कुरा के छ भने यति दिमाग लगाए पछि पतीले गुनासो गर्ने सम्भावना पनि असाध्यै कम हुन्छ । यस्तो आइडिया कसले थाहा पाउन खोज्दैन होला ? पक्कै पनि थाहा पाउन खोज्छन् । त्यसो भए यो लेख पुरा पढ्नुहोस् ।

प्रेमपूर्वक सिकाउने हरेक काम : पतिलाई घरासयी काममा जबरजस्ती बाध्य बनाउने होइन, प्रेमपूवर्क उत्प्रेरित गर्ने हो । घरधन्दाको काम गराउनका लागि प्रेमपूर्वक अनुरोध गर्न सकिन्छ । आफ्नो काम कति बोझिलो छ भन्ने कुरा पतिलाई महसुष गराउनुपर्छ । यसमा लागि तपाईले चिच्याएर र कराएर मात्रै पनि हुदैन ।

तपाईले प्रेमपुर्वक सबै कुरा बताउन सक्नु हुन्छ । यसमा लागि मानिस मानिस अनुसार फरक फरक तरिका हुन सक्छन् । तपाईको पतिका लागि कुन तरिका ठिक हुन्छ भन्ने पत्ता लगाउनुहोस् र प्रयोग गर्नुहोस् । यसले घरको वातावरण पनि विग्रिदैन र तपाईको काम पनि बन्छ ।

आलोचनाबाट बचौं : यदि पतिले घरासयी काम सहि ढंगले गर्न सकेनन वा जानेनन् भने त्यसको आलोचना गरिहाल्नु हुँदैन । कुनैपनि काममा गल्ती गरे त्यसलाई सहि ढंगले कसरी गर्ने भन्ने कुरा सिकाउनुहोस् । पतिले गर्ने सहयोगप्रति कृतज्ञ रहनुहोस् । उनको कामको तारिफ गर्नुहोस् ।

तपाईको पतिले तपाईलाई काममा नसघाउनुको कारण उसले पहिले त्यो बारेमा थाहै नपाएको वा घरको काम गर्दै नगरेको पनि हुन सक्छ । यद्यपि उ विस्तारै सिक्न खोजिरहेको हुन सक्छ । यदि त्यस्तो हो भने पटक पटक गरिने आलोचनाले उसको जाँगर मर्छ । उसको जागर नमर्ने गरि र उसले काम सिक्ने गरि उसलाई सुझाब दिनुहोला । यसले पक्कै पनि काम गर्नेछ ।

बिकल्प दिनुहोस् : पतिलाई तपाईले जुन कामको जिम्मेवारी दिनुहुन्छ, त्यही काम गर्नुपर्छ भन्ने छैन । किनभने कतिपय काममा उनी अभ्यस्त भैसकेका हुँदैनन् । त्यसैले आफुले दिएको काम गर्न नसके अर्को कामको विकल्प दिनुहोस् । जस्तै : घरमा खाना खाइसके पछि भान्सा सफा गर्ने कि जुठाभाडा भन्ने विकल्प हुन सक्छ ।

पढ्दा हासो लाग्न सक्छ तर यस्तो विकल्पले काम गर्छ । घरमा फोहोर भएका लुगा धुनमा पनि लुगा मिच्ने कि मिचिसकेका लुगा पखाल्ने भन्ने पनि विकल्प हुन सक्छ । सँगै खाना बनाइरहेको हुनुहुन्छ भने तरकारी काट्ने वा मसला पिस्ने कामको पनि विकल्प हुन सक्छ । हरेक कामका विकल्प हुन सक्छन्, मात्र तपाईले त्यसलाई खोजि गर्नु पर्छ र त्यो विकल्प आफ्नो पतिसामू राखिदिनु पर्छ ।

जिम्मेवारी दिनुहोस् : तपाईले नियमित रुपले गर्दै आउनुभएका कतिपय कामको जिम्मेवारी पतिलाई दिन सक्नुहुनेछ । जस्तो बच्चालाई विद्यालयको युनिर्फम लगाइदिने, होमवर्कमा सघाउने आदि । पतीको रुचीको काम पनि गर्न दिनुहोस् । कतिपय काममा तपाईले पतिलाई सहयोग गरेर पनि मन जित्न सकिनेछ ।

यसै पनि सँधै तपाईले पतिलाई आफ्नो सहयोगी वा असिस्टेन्टका रुपमा मात्रै राख्नु भयो भने त्यस्तो काम गराइ धेरै समय जादैन । जिम्मेवारी दिनुको अर्थ विश्वास गर्नु हो र यो संसारमा कसलाई आफुलाई विश्वास गरेको मन पर्दैन होला र ? यसैले घरमा गर्नु पर्ने साना मसिना सबै किसिमका कामहरुको पतिलाई जिम्मेवारी दिन डर नमान्नुहोस् । फेरि जिम्मेवारी दिने भनेर भए भरका काम उसलाई मात्रै जिम्मा चै नदिनुहोला । यसले उल्टो असर गर्न सक्छ ।

कहिले कहिं असहयोग पनि गरौं : घरको सबै काम आफैले मात्र भ्याउनुपर्छ भन्ने छैन । कहिले कहिं तपाईले कतिपय काम त्यतीकै थाती राख्नुहोस् । पतिलाई घरायसी कामकाज गर्न कति गाह्रो छ भन्ने अनुभूत गराउनु पर्छ । कतिपय काम पतिको जिम्ममा छाडिदिनुहोस्, ताकि उसले तपाईको वाध्यता र समस्यालाई महसुष गर्न सकोस् । तपाई एक्लैले नै सबै काम भ्याउनुहुन्छ भने देख्नेलाई त्यो काम सजिलो र सहज लाग्न सक्छ ।

यसैले सबै काम सजिलै नसक्नुहोस् । कुनै काम भोलिलाई राख्दा वा सकिन भने जानकारी दिदा तपाईको पतिलाई पनि अनुभव हुन थाल्छ कि तपाईले कति गाह्रो गरेर घरका कामहरु गर्नु भएको छ । यसले गर्दा पतिलाई तपाईलाई काम सघाउनु पर्छ भन्ने लाग्छ । यसले आपसमा प्रेमभाव पनि बढाउछ । त्यस्तै कतिपय काम पतिले गरिरहदा नसघाउनुहोस् । उसलाई एक्लै गर्न छोडिदिनुहोस् । हामीले माथि भने अनुसार उसले गरेको काममा आलोचना भने अत्यन्त कम गर्नुहोस् । यसले पक्कै पनि राम्रो नतिजा ल्याउनेछ ।

धैर्य गरौं : कुनै कुरा रातारात बद्लिदैन । तपाईले सोचेजस्तै परिवारमा एकाएक परिवर्तन हुन्छ भन्ने छैन । यसका लागि केहि समय लाग्नसक्छ, धैर्य गर्नुहोस् । विज्ञहरुको अनुसार बिवाह लगत्तै पतिलाई घरायसी काममा अभ्यस्त गराउनु बढी प्रभावकारी हुन्छ । हार नमान्नुहोस्, प्रयास जारी राख्नुपर्छ । क्रमस तपाईको परिवारले घरायसी काममा आफुलाई अभ्यस्त बनाउनेछ । यसलै हतार गर्न थाल्नु भयो भने यसले अनावश्यक दबाब बढाउँछ । दबाबमा कसैले पनि राम्रो नतिजा दिन सक्दैन भने दबाबपुर्ण कामहरु पक्कै पनि सम्बन्धलाई मजबुत बनाउनका लागि फाइदाकारी हुदैनन् । यसैले हतार गरेर सम्बन्ध र मानसिक अवस्था बिगार्ने काम नगर्नुहोस् । पर्खिनुहोस् र सबै कुरालाई समय दिनुहोस् ।

अन्त्यमा, घरको काम भनेको पत्नि वा महिलाको मात्रै होइन । पतिले घरमा काम गर्नु भनेको सघाउनु मात्रै पनि होइन । घरको काम घरमा भएका सबैको काम हो । समय अभाव वा अन्य कुराले कसले बढि गर्नु पर्छ भन्नेमा फरक पर्न सक्छ । यस्तो हो भने घरमा काम गर्नेहरुको पनि सम्मान भने हुन पर्छ । यति गर्न सके घरमा कहिलै पनि एकअर्का प्रति अपमान हुदैन ।

Post a Comment

0Comments
Post a Comment (0)