यी ६ संकेत देखिए गराइहाल्नुहोस् उपचार, नत्र हुन्छ ब्रेन ट्युमरको जोखिम,हेर्नुहोस

0

 


काठमाडौँ । ब्रेन ट्युमर एक ज्यान लिने रोग हो, तर यसको समयमै उपचार भएमा निको पनि हुनसक्छ। ब्रेन ट्युमरका केही यस्ता लक्षणका बारेमा थाहा पाउनुहोस्।

टाउको दुख्नुः त्यसो त टाउको दुख्नु सामान्य कुरा हो, तर एकोहोरो असह्य दुख्नु खतराको संकेत हुन सक्छ । यस्तो दुखाईलाई वेवास्ता नगर्नुहोस ।

शरीरको असन्तुलनः यदि तपाईलाई आफ्नो शरीर थाम्न वा सन्तुलनमा राख्न गाह्रो महशुस हुन्छ भने यसप्रति गम्भिर हुनुहोस् । किनकि, ट्युमरले शरीरको कोषहरुलाई नराम्ररी असर पार्दै लान्छ, जसका कारण व्यक्ति हिडिरहेको समयमा लडखडाउँछ।

स्मरणशक्ति कमजोरः स्मरणशक्ति कमजोर हुनु पनि ब्रेन ट्युमरको लक्षण हो । यदि तपाई धेरै नै भूल्न थाल्नुभयो भने, केही सचेत रहनुहोस् कि ब्रेन ट्युमर हुनसक्छ ।

स्वाभावमा परिवर्तनः स्वभावमा परिवर्तन हुनु, बोल्न, सुन्न र हेर्न कठिनाई महशुस हनु पनि ब्रेन ट्युमरको लक्षण हो ।

वजन बढ्नुः अस्वभाविक रुपले वजन बढ्नु

गला अवरुद्ध हुनुः गला अवरुद्ध हुनु पनि ब्रेन ट्युमरका लक्षण हुनसक्छ । ब्रेन ट्युमरको उपचार किमोथेरापी, रेडिएशन थेरापी, सर्जरी वा अन्य थुप्रै तरिका अपनाउन सकिन्छ । त्यसैले समयमै रोगको पहिचान गर्न सक्नुपर्छ । माथीका लक्षण देखिए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ।

सम्पूर्ण शरीरको कार्यप्रणालीलाई संचालित गर्ने मस्तिष्कमा सानो गडबडी मात्र भएपनि यसले शरीरलाई नै प्रभावित पार्दछ । परिणामस्वरुप, शरीरले राम्ररी काम गर्न सक्दैन।

बे्रन ट्यूमरको हकमा यसले शरीरलाई गम्भीर प्रकारले हानी नगरेपनि यसको दुष्प्रभावबाट शरीर अछुतो रहन सक्दैन । किनकी जब मस्ष्किमा ट्यूमर पलाउँछ, तब शरीरमा विभिन्न किसिमको बदलाव देखिन थाल्छ।

ब्रेन ट्यूमरका कारण व्यक्तिको अनुहार वा शरीरको विभिन्न भाग धेरै जसो समय शुन्य हुने गर्छ । अझ, ट्यूमर ब्रेन स्टेममा छ भने यो समस्या अझै धेरै हुने गर्छ । यो त्यही स्थान हो, जहाँ मस्तिष्क मेरुदड्डको हड्डीसँग जोडिएको हुन्छ । र, यो ठाउँमा ट्यूमर भएमा शरीर शून्य हुन्छ, र मानिसले प्यारालाइसिस भएजस्तो महसुस गर्न थाल्छ।

Post a Comment

0Comments
Post a Comment (0)