नेपाली बजारमा पेट्रोलियमको आपुर्ति बन्द गर्ने रुसको चेतावनी

0


 काठमाडौं। युक्रेनमा रुसले गरेको आक्रमणका कारण अमेरिका र युरोपेली देशहरुले रुसमाथि धेरै किसिमका आर्थिक प्रतिबन्ध लगाएका छन्

एक दिन अघिमात्र अमेरिका र युरोपेली देशले रुसबाट तेल आयातमा समेत प्रतिबन्ध लगाएका छन् । यी प्रतिबन्धबाट समस्यामा परेको रुसका तेल कम्पनीहरुले भारतलाई तेलमा भारी छुट दिने अफर गरेका छन् ।

बिजनेस स्ट्याण्डर्डको रिपोर्टअनुसार रुसका तेल कम्पनीहरुले भारतलाई कच्चा तेलको मूल्यमा २५ देखि २७ प्रतिशतसम्म छुट अफर गरेका छन्

रुसी तेल कम्पनीहरुको यो अफरको सीधा असर नेपाली बजारमा पर्नेछ किनकि नेपालले भारतको इण्डियन आयल कर्पोरेशनबाट प्रशोधित तेल किन्छ । नेपालले कच्चा तेल किनेर प्रशोधन गर्दैन ।

इण्डियन आयलले कच्चा तेल किनेर प्रशोधन गरेपछि त्यो प्रशोधित तेल नेपालले किन्ने गरेको छ । इण्डियन आयलले भारी छुटमा तेल किनेर सस्तो मूल्यमा आफ्नो बजारमा बिक्री गर्दा नेपालले पनि सस्तो मूल्यमा तेल पाउने सम्भावना उच्च हुन्छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भारी वृद्धि हुँदा त्यसको असरले नेपाली बजारमा पनि तेलको मूल्य बढिरहेको छ 

भारत विश्वमै दोस्रो धेरै जनसंख्या भएको देश र क्षेत्रफलको हिसाबले सातौं ठूलो देश हो । भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद, महासभा लगायत कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा युक्रेन आक्रमणको मुद्दामा रुसको निन्दा वा रुसविरुद्ध मतदान गरेको छैन ।

यस्तोमा रुसी कम्पनीहरुले भारतीय बजारलाई प्राथमितामा राखेका छन् । पश्चिमी बजार बन्द भएसँगै रुसका लागि भारत निकै महत्वपूर्ण बजार बनेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Post a Comment

0Comments
Post a Comment (0)