मुखको क्यान्सर भनेको मुखका अंग, तन्तुको कोषको अस्वाभाविक र अनियन्त्रित वृद्धि हो। हटाउँदा पनि कुनै कोषको आकार प्रकारमा वृद्धि भइरह्यो र घाउ खटिरा २-३ हप्तासम्म पनि निको भएन भने मुखको क्यान्सर हो कि भनी शंकाको घेरामा राखेर तुरुन्त विशेषज्ञ सेवा लिनुपर्दछ। क्यान्सर एउटा रोगमात्र नभई, रोगहरुको समूह हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग होइन तर एउटै व्यक्तिमा एक ठाउँबाट अर्को ठाउँमा, एक अंगबाट अर्को अंगमा भने सर्न सक्छ।
मुखको क्यान्सरको लक्षण यही हो भने किटान गर्न सकिदैंन । तर, सामान्यतः पुरुषमा ५०-६९ वर्षको उमेर तथा महिलामा ४०–४९ वर्षको उमेरमा बढी देखिन्छ । त्यसैगरी महिलाको तुलनामा पुरुषमा ४ गुनाले बढी तथा गाउँका बासिन्दाभन्दा शहरियामा ६ गुनाले बढी देखिएको छ। सबैभन्दा बढी जिब्रोको, त्यसपछि गिजा, गाला, जिब्रो मुनीको भाग आदिमा क्यान्सर देखिने गरेको छ। यादव, महतो, तामाङ, गुरुङ र नेवारमा बढी क्यान्सर देखिएको पाइएको छ। स्मरणीय के छ भने क्यान्सरले कुनै पनि जात, धर्म, उमेर, वंश, लिंग र ठाउँका व्यक्तिलाई छाड्दैन।
मुखमा रातो खैरो, सेतो वा मिश्रित दाग, धव्वा वा पत्र देखिन्छ जुन दल्दा जाँदैन । नदुख्ने वा दुख्ने घाउखटिरा वा सुजन २-३ हप्तासम्म उपचार गर्दा पनि निको हुँदैन । मसलादार खाना खाँदा पोल्छ, छाम्दा सारो हुन्छ र दुर्गन्ध आउछ। घाउखटिरा वा सुजनको आकार बढ्दै जान्छ। -याल बढी आउछ। दाँत बिना कारण झर्छन् । स्वाद फरक पर्छ। खान, निल्न, पिउन अप्ठेरो हुन्छ। त्यसपछि घाउ, खटिरा, तलको तन्तुसंग टाँसिन्छ। लामो समयसम्म निल्न गाह्रो हुन्छ। जिब्रो जाम भई चलाउन मिल्दैन ।
जिब्रो, मुख सुन्निन्छ । सुन्निएको गाठो घाउ वा पत्र वा फिसर र फोल्डको रूपमा आउँछ । अस्वाभाविक रक्तश्राव हुन्छ। घाउखटिरा वरीपरी बाक्लो र मोटो हुन्छ। घाँटीमा गिर्खा देखापर्छन्। क्यान्सर लागिसकेपछि ब्यक्ति दुब्लो, पातलो, कमजोर हुँदै जाने, भोक नलाग्ने, रक्तअल्पता हुने, प्यारानियोब्लस्टीक सिन्ड्रोम हुदै सिकिस्त हुन्छ र मृत्यु हुन्छ। माथि भनिएका लक्षण तथा चिन्हले मुखको क्यान्सर भएको शंका उत्पन्न गरेपनि निदान भने उक्त घाउखटीरा वा सुजनबाट लिएको मासुरश्रावद्वारा नै गर्ने गरिन्छ जसलाई हामी बायोप्सी भन्ने गर्छौ।
यो पनि पढौ:
बाथ दुःखाईसँग सम्बन्धित रोग हो । सबै उमेर समूहका व्यक्तिलाई जुनसुकै समयमा पनि बाथ हुनसक्ने भए पनि जाडोको समयमा यसको असर र दुखाई निकै बढी हुन्छ ।
बाथ आफैंमा चाहिँ चिसोबाट हुने रोग होइन । यो शरीरका भित्री भागबाटै उत्पती हुने अटो इम्युनो रोग हो । यसले शरीरको प्रतिरोधात्मक क्षमतामा असर गर्छ ।
बाथले उत्पादन गर्ने एन्टिवडीले शरीरको बाहिरी र भित्री भागमा क्षति गर्छ । बाथ रोग बच्चा, युवा र बृद्ध जो सुकैलाई पनि जुनसुकै समयमा पनि हुन सक्छ । कतिपयलाई वंशाणुगत कारणले, केहीलाई विभिन्न संक्रामक रोगका कारणले र केहीलाई भने मेटावोलिक डिसअर्डरबाट पनि बाथ हुन्छ ।
हात तथा खुुट्टाका जोर्नी दुख्छ र सुन्निन्छ भने त्यो बाथ रोग पनि हुन सक्छ । चिकित्सकको सल्लाह अनुसारको औषधी सेवन गरेमा यो निको हुुन्छ । तर यदि बाथ बढाउने खालका खाना खाइएको छैन भने यसलाई नियन्त्रण गर्न सकिने अनुसन्धानमा पाइएको छ ।
बाथको लक्षण: – जोर्नी दुख्ने तथा सुन्निने – अंगले काम गर्न समस्या हुने – रातो हुने । यी खानेकुरा खादै नखानुस्:
मदिरा र सूर्तिजन्य पदार्थ: हुन त मदिरा र सूर्तिजन्य पदार्थले स्वस्थ्य व्यक्तिको शरीरमा पनि हानिकारक र्पुयाउँछ । तर बाथका रोगीलाई यसले अझ बढि असर र्पुयाउँछ । यसले जोर्नी दुख्ने क्रम अझ बढाउँछ ।
फ्राइ गरेको या प्याकेटको खाना: फ्राइड मिट, चिस्याइएका तरकारीहरु जस्ता फ्राइ गरेको या प्याकेजिङ गरेका खानेकुुराहरु बाथ रोगी नखाँदा राम्रो । यसको ठाउँमा ताजा फलफूल तथा तरकारी खाएमा सुन्निने समस्या र दुखाई कम हुनमा सहयोग गर्छ।
बढी तताइएको खाना: बाथका रोगीहरुले बढी तताइएको खाना खान नहुने एक अध्ययनले देखाएको छ । यस्ता खानाले पनि बाथको समस्या बढाउँन सक्छ।
चिनी: गुलियो पदार्थ बढी खानाले बाथ प्रभावित अंग सुन्निन सक्छ । आवश्यकताभन्दा बढी खानाले जुनसुकै खाद्यपदार्थले पनि असर गर्न सक्छन्, चाहे त्यो नुन होस् या चिनी । यसैले आफ्नो डाइटमा केक, सोडा, चकलेट, मैदाजन्य पदार्थ समावेश गर्नुहुन्न ।
दुग्धजन्य पदार्थ: बाथका रोगीका लागि दुग्धजन्य पदार्थ बिलकुल हानिकारक मानिन्छ । अनुसन्धानका अनुसार दुग्धजन्य पदार्थमा त्यस्तो प्रोटिन पाइन्छ, जसले जोर्नीको दुखाईलाई झन् बढाउँछ । यस्तो अवस्थामा शरीरमा प्रोटिनको कमी हुन नदिन पालुंगो, तोफु, सीमी, दाल बढी खानुपर्छ ।

