अभिनेत्री श्वेता खड्का आज छोरीकी आमा बनिन

0


 काठमाडौं : अभिनेत्री श्वेता खड्का आफ्नो पहिलो बच्चाको आमा बनेकी छिन । हिजोआज उनी घरमै आराम गरिरहेकी थिन र सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् ।

धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते श्वेताको विवाह भएको थियो । त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीकृष्णको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन् ।

श्वेताले सन्तान र करिअरलाई सन्तुलन मिलाउने योजना बनाइरहेको पनि बताइन् । ‘अहिलेलाई सन्तानमै फोकस छु, सन्तानलाई जन्म दिएपछि होमप्रोडक्सनको फिल्मलाई अगाडि बढाउनेछु,’ उनले भनिन् ।

Post a Comment

0Comments
Post a Comment (0)