छाउनीको १५ रोपनी जग्गा पूर्वअधिराजकुमारी प्रेरणा शाहकै हो : चोलेन्द्र

0

 


काठमाडौं २७ भदौ :

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले छाउनीको १५ रोपनी जग्गा पूर्वअधिराजकुमारी प्रेरणा शाहकै भएको दावी गरेका छन् ।

महाअभियोग सिफारिस समितिलाई बयान दिने क्रममा जबराले नेपाल ट्रष्ट पूर्वअधिराजकुमारी प्रेरणा शाह जोडिएको छाउनीको १५ रोपनी जग्गा प्रेरणाकै भएको भन्दै राजा विरेन्द्रले अपुताली स्वरुप आएको उक्त जग्गा निजी सरह हुने खुलासा गरे ।

राजा विरेन्द्रको मृत्यु पश्चात त्यो सम्पति ज्ञानेन्द्रकोमा आयो र राजा ज्ञानेन्द्रले प्रेरणालाई दाइजोस्वरुप दिएको जवराले बताए ।

बयानमा जवराले भनेका छन्,’प्रेरणा राणासँगको सम्बन्धित जग्गा तत्कालीन श्री ५ को होइन । तत्कालीन श्री ५ विरेन्द्रलाई अपुतालीलाई प्राप्त भएको जग्गा हो । राज्यको त्यसमा लगानी होइन ।’

सरकारले यसलाई खरिद गरिदिएर राखिदिएको राजाको राजदरवारजस्तो नभएको बताएका जवराले बयानका क्रममा अघि भने , ‘यो नितान्त अपुताली र व्यक्तिगत सम्पत्ति हो । राजा विरेन्द्रको स्वर्गारोहण पछाछि सम्पत्ति राजा ज्ञानेन्द्रकोमा आयो । राजा ज्ञानेन्द्रले प्रेरणालाई दाइजोस्वरुप दिए ।’

Post a Comment

0Comments
Post a Comment (0)