काठमाडौं ।
भोलिदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ सुरु हुने भएको छ । भोली शनिबार र विश्वकर्मा पूजाको दिन पारेर यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरेको हो ।
२०७९ २७ असारमा तोकिएको भाडादर अनुसार गाडीवालाले भाडा लिने र बढी लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागका महानिर्देशक डा। टोकराज पाण्डेले बताए ।
डा पाण्डेले कोभिड(१९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने र यसका लागि यात्रुलाई खानारखाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।
अनधिकृत काउन्टर र परिचय पत्र नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्य यो वर्ष नहुने कुरामा समेत उनले सबैलाई ढुक्क हुन आग्रह गरेका छन् ।
यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णयले समेत यात्रु र सवारी धनीलाई थप राहात मिल्नेछ । दशैंमा कहाँ जान कति रुपैयाँ लाग्छ, हेर्नुहोस् यो सूचि
















