खानामा कपाल भेटिए के गर्ने ? खाने वा नखाने यो हेर्नुहोस्………..

0


 खानामा कपाल पर्नु, झर्नु वा भेट्टिनु साधारण कुरा हो । शरीरकै अंग भएकाले खानामा कपाल पर्नु कुनै नौलो कुरा होइन ।

खाना तयार पार्दा, पकाउँदा, पस्किदा वा खाना लाग्दा कहिँकतैबाट पनि खानामा कपाल पर्न सक्छ । तर खानामा कपाल पर्दा वा भेटिदाँ धेरैलाई घिन लाग्छ ।

यसरी खानामा कपाल पर्दा कसैले यसलाई झिकेर फ्याँक्छन् र खाना खान्छन् भने कतिले घिनका कारण खाना नै फ्याँकिदिन्छन् । तर खानामा कपाल परेकै कारण खाना फ्याक्नु वा कपाल फ्यालेर खाना खानु कुन उचित होला ? कपाललाई खानु राम्रो हुदँैन ।

तर कहिलेकाहीँ भुलवश खानासँगै कपाल निलिन्छ । यसरी निलिएको कपाल घाँटीमा नै अड्किएमा यसले समस्या पार्न सक्छ । यस्तोमा चिकित्सकको परामर्श लिनु पर्दछ ।

कुनै खतरनाक रोगका संक्रमित वा गम्भिर रोगको जोखिम भएका मानिसको कपाल परेको खण्डमा बाहेक र आफूलाई संक्रमणको खतरा छैन भने खानामा परेको कपाल फ्याकेर खाना खादाँ हुन्छ । खानामा कपाल झरेकै कारण सबै खाना फ्याक्नु उचित हुदैँन ।

केही सामाजिक मान्यता अनुसार कपाल निलिएमा आन्द्रामा बेरिने, खाना बनाउँदा कपाल परेमा परिवारका सदस्य रोगी हुने गर्दछन् । तर यो प्रमाणित भएको विषय भने होइन । यस्तै केही धार्मीक विश्वास अनुसार खानामा कपाल भेटिनु अशुभको संकेत मानिन्छ ।

यो पनि…खाना पकाउन र खान कस्तो भाँडावर्तन स्वस्थ्यकर ?
खानेकुरामा विभिन्न पोषक तत्व हुन्छन् । तर खानेकुरा पकाउने र खाने क्रममा ती सबै पोषक तत्व हामीले प्राप्त गर्न सक्दैनौं । खानेकुरा पकाउने क्रममा कतिपय पोषक तत्व नष्ट हुन्छ ।

त्यति मात्र कहाँ हो र ? हामीले प्रयोग गर्ने कति भाँडा त यस्तो हुन्छ जसले पोषक तत्व नष्ट गर्ने मात्र होइन हानिकारक रसायन समेत पैदा गर्छ । त्यस्ता भाँडामा खानेकुरा पकाउँदा हामीलाई अनेक रोग लाग्ने गर्छ । हामीकहाँ धेरैथरी भाँडा प्रचलनमा छन् ।

जस्तो तामाको, स्टिलको, प्लास्टिकको, माटोको, कांसको, फलामको । यसमध्ये कस्तो भाँडामा खाना पकाउँदा र खाँदा स्वास्थ्यलाई फाइदा गर्छ ? कस्तो भाँडावर्तनले हानि गर्छ ?

पित्तलको भाँडा : पित्तलको भाँडाको तापमा गुड कन्डक्टर हुन्छ । पुरानो जमानामा यसको प्रयोग धेरै हुन्थ्यो । पित्तलको भाँडामा खाना पकाउँदा र खाना खाँदा जुका पर्ने, कफ र वायुदोषको समस्या हुँदैन ।

यस्तो भाँडामा खाना बनाउँदा केवल सात प्रतिशत मात्र पौष्टिक तत्व नष्ट हुन्छ । पित्तलको भाँडाले एसिड र नुनसँग प्रतिक्रिया गर्छ । त्यसैले अमिलो र नुनिलो खानेकुरा यस्ता भाँडामा पकाउनु उपयुक्त हुँदैन । अन्यथा फुड पोइजनिङ हुन सक्छ ।

तामाको भाँडा : केही अध्ययनमा के पाइएको छ भने खानामा पाइने अर्गानिक एसिड तामाको भाँडासँग प्रतिक्रिया हुँदा धेरै तामा पैदा गर्न सक्छ, जुन हाम्रो शरीरको लागि हानिकारक हुन्छ । यसले फुड प्वाइजनिङ गराउन सक्छ।

यद्यपि तामाको भाँडामा राखिएको पानी पिउँदा विभिन्न रोगबाट छुटकारा पाउन सकिन्छ । राति तामाको भाँडामा राखिएको पानी बिहान खाली पेटमा पिउँदा रक्त शुद्ध गराउँछ । स्मरण शक्ति बढाउँछ ।

कलेजोसम्बन्धी समस्या हट्छ । त्यसो त पानी मात्र होइन, यस्तो भाँडामा भोजन गर्नु पनि लाभदायक मानिन्छ । तामाको भाँडाले खानेकुराको पौष्टिक गुण नष्ट हुन दिँदैन । तर तामाको भाँडामा दूध पिउन भने हुँदैन ।

काँस : काँस चाँदीभन्दा थोरै सस्तो हुन्छ । अतः यसको प्रयोग मध्यमवर्गीयमा अधिक हुन्छ । काँसको भाँडामा खानेकुरा पकाउँदा केवल ३ प्रतिशत मात्र पोषक तत्व नष्ट हुन्छ । साथै, खाना खानको लागि योभन्दा राम्रो अर्को धातु छैन । यसले तपाईंलाई एक होइन, अनेक फाइदा मिल्छ । काँसको थालमा खाना खाँदा रगत सफा हुनुका साथै भोक बढाउँछ । यद्यपि काँसको भाडामा अमिलो चिज राख्नु उपयुक्त हुँदैन ।

Post a Comment

0Comments
Post a Comment (0)