खतरनाक हुनसक्छ शरीरमा भिटामिन डी को कमी, यी संकेतलाई नगर्नुहोस् बेवास्ता

0

 


मानव शरीरलाई भिटामिन डीले धेरै फाइदा गर्छ तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्य हुने गरेको छ। अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ।

शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारको रोगबाट पीडित हुनुपर्छ। तपाईं-हामीले दैनिक स्वस्थ्य खानेकुरा खाएर, नियमित शारीरिक व्यायाम गर्दा, पर्याप्त मात्रामा निद्रा पुगे पनि भिटामिन डीको कमी छ भने धेरै खालका समस्या व्यहोर्नुपर्ने हुन्छ ।

शरीरमा भिटामिन डीको कमी भए-नभएको रगतको परीक्षणमार्फत थाहा हुन्छ। त्यो भन्दा अरू केही तरिका पनि छन् जसले रगतको परीक्षण नै नगरी पनि शरीरमा भिटामिन डीको कमी रहेको पत्ता लगाउन सकिन्छ ।

हेर्नुहोस् शरीरमा भिटामिन डीको कमी हुदा देखिने संकेतः

दुखाइः शरीरमा रहेको हड्डीमा कहिलेकाहीँ दुखाइ हुनु असामान्य होइन । विभिन्न कारणले हड्डी दुख्न सक्छ । यो सबै उमेरका मानिसमा हुन सक्छ तर, अरू कारणले हुने यस्ता दुखाइ चाँडै हटेर जाने गर्छ।

लामो समयसम्म रहने हड्डीको दुखाइ भने शरीरमा भिटामिन डीको कमीका कारणले भएको हुन सक्दछ । यदि यस्तो समस्या देखिएमा शरीरमा भिटामिन डीको अवस्थाको परीक्षण गर्नुपर्छ ।

पसिना धेरै आउनुः गर्मीको समयमा हामी सबैलाई पसिना आउँछ । कुनै काम गर्दै गर्दा, खेल खेल्दा वा जिममा शारीरिक व्यायाम गर्दा पसिना आउनु सामान्य हो ।

यस्तो समय आउने पसिनामा चिन्ता गर्नुपर्दैन । तर, यदि यत्तिकै बस्दा पनि वा सामान्य अवस्थामा पनि पसिना आउँछ भने त्यसको ख्याल गर्नुपर्छ ।

शरीरमा भिटामिन डीको कमीका कारण पनि यस्तो समस्या भएको हुन सक्छ । यदि त्यस्तो समस्या भयो भने डाक्टरको सम्पर्कमा जान आवश्यक छ ।

डि–प्रेसनः यदि शरीरमा भिटामिन डीको धेरै कमी भएको छ भने मुडलाई समेत असर गर्न सक्छ। यस्तै, भिटामिन डीको कमीकै कारण डि-प्रेसन हुन पनि सक्छ।

Post a Comment

0Comments
Post a Comment (0)